Shikhar Insurance
National Life

कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड, ३७ हजार ४१२ जनाले पाए माग बमोजिम इकाइ

सिंहदरबार संवाददाता
२०७९ चैत्र २९, बुधबार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएको छ ।

योजनाले प्रति इकाई १० रुपैयाँको दरले दश करोड इकाईको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राखी सार्वजनिक निष्काशन मार्फत ३५ करोड रकम बराबरको ३ करोड पचास लाख इकाइ चैत ९ देखि चैत २३ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १५ प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गर्न आज चैत २९ गते विहान १०ः३० बजे कुमारी क्यापिटल लिमिटेड काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ३७,४३४ जना मध्ये रितपुर्वक आवेदन दिएका ३७,४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ । साथै, दोहोरो आवेदन दिने २२ जना आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्