काठमाडौं । सिनामंगलको नेपाल म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । अवैध तरिकाले अन्तर्वार्ता लिइरहेको सुचनाका आधारमा विभागले छापा मारेको हो । विभागमा गैरकानुनी रूपमा अन्तर्वार्ता हुँदै छ भन्ने सूचना प्राप्त भएपछि विभागले प्रहरीको सहयोगमा छापा मारेको हो । छापाका क्रममा त्यसो गरेको पाइएको छैन । तर, शंकास्पद गतिविधि भइरहेको विभागले जनाएको छ । विभागले १३ वटा पासपोर्ट, ३ वटा कम्प्युटर र कागजपत्र नियन्त्रणमा लिएको छ ।
फेमस न्यूज
२
प्रतिक्रिया दिनुहोस्