काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमिति चयनका लागि आज चुनाव हुुँदैछ । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने कार्यतालीका रहेपनि आगाी नेतृत्वको दौडमा रहेका त्रिपक्षीय समुहमा मतदानका विषयमा सहमति हुन नसक्दा हालसम्म मतदान मतदान भने सुरुहुन सकेको छैन ।
महासंघको आगामी कार्यकालका लागि हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष बन्नेछन् । त्यस्तै महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा ३ जना उम्मेदवार उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
आजकाे मतदानले १ जना वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्नेछ भने महासंघको कार्यसमिति सदस्यमा ४ जना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्