काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् । मंगलबार काठमाडौंमा आयोजीत नेपाल शिंक्षक संघको नवौं संघीय महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका हुन् ।
संयुक्त सरकारले भएकाले अहिलेको सरकारले खासै राम्रो काम गर्न नसकेको निष्कर्ष पनि उनले सुनाए । ‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोलि हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउनेतिर सबै लागौं’, देउवाले भने
प्रतिक्रिया दिनुहोस्