Shikhar Insurance
National Life

चालु खाता साढे ४४ अर्ब घाटा, विदेशी मुद्रा सञ्चिति १४ खर्ब १ अर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार १७:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति १४ खर्ब १ अर्ब रुपैयाँ नाघेको छ । यही अवधिमा सरकारको चालु खाता भने ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २०.३ प्रतिशतले कमी आई ५ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड रुपैयाँ बराबर मात्रै छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा पुँजीगत ट्रान्सफर ७ अर्ब रुपैयाँ रहेको थियो भने १६ अर्ब ३० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ८ महिना अवधिमा १५.२ प्रतिशतले बढेर फागुन मसान्त सम्ममा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव २०७९/८० को ८ महिनाको आयातलाई आधार मान्दा अहिले बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने देखिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्