Shikhar Insurance
National Life

८ महिनामा करिब ८ खर्बको रेमिट्यान्स भित्रियो, फागुनमा मात्रै १ खर्ब ४ अर्ब

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार १६:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ । गत आवको ८ महिनामा १.३ प्रतिशतले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ आएको छ । फागुनमा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ बढी विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको ८ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो अप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७ सय ६१ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.३ प्रतिशतले बढेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्