Shikhar Insurance
National Life

मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब बचत

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवमा मुद्रास्फीति ७ प्रतिशतभन्दा न्यून विन्दुमा राख्ने सरकारको लक्ष्य छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ । यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ८ महिनामा कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबर रहेको छ ।

अहिलेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।८ महिना अवधिमा सङ्घीय सरकारको खर्च ७ खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ र राजस्व परिचालन ५ खर्ब ८२ अर्ब ७७ करोड रुपैयाँ बराबर रहेको छ । फागुन मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको हो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.५ प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत बराबर हो । फागुन मसान्तसम्ममा आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतले र कूल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्