काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुको यस वर्ष हात खाली हुने भएको छ ।
बैंकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकको चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस बैंकले गत वर्ष कुल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्