Shikhar Insurance
National Life

किंग्स कलेजद्धारा “कम्युनिभर्सिटी समर प्रोग्राम” संचालनको घोषणा

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्यमशिलता अध्यापनमा नेपालकै अग्रणी, किंग्स कलेजले “कम्युनिभर्सिटी समर प्रोग्राम” संचालन गर्न लागेको छ । शैक्षिक संस्था, उद्योग र समुदायलाई विद्यार्थीहरूको शिकाइमा जोड्ने उदेश्यका साथ कलेजले अर्को वर्षको असार ४ देखि नौ हप्तासम्मका लागि काभ्रेस्थित पाँचखाल नगरपालिकामा सो कार्यक्रम संचालन गर्न लागेको घोषणा गरेको छ ।

समुदाय आफैँमा एउटा महत्वपूर्ण पाठ्यक्रम हो भन्ने अवधारणामा आधारित रहेर संचालन गर्न लागेको शैक्षिक कार्यक्रममा कक्षा १२, ए लेभल्स् तथा सो सरहका परीक्षा दिएका विद्यार्थीहरू सहभागी हुन पाउने कलेजले बताएको छ । साथै यस कार्यक्रमका दिक्षितहरूले प्राप्त गर्ने क्रेडिटलाई किंग्स् कलेज, संयुक्त राज्य अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटी र फिनल्यान्डस्थित कायानी युनिभर्सिटी अफ एप्लाइड साइन्सले अनुमोदित गर्ने कलेजले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“समुदायमा असंख्य ज्ञान, शिप, प्रविधिका साथसाथै अनेकन कथा र अनुभव हुन्छन्,” कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल कार्यक्रमबारे बताउँछन्, “शिक्षण संस्था एक्लैले जीवन र जगतका बहुआयामिक पक्षहरू सिकाउन सम्भव छैन । जसको कारण समुदाय र शैक्षिक संस्थाहरुको सहकार्य महत्वपूर्ण रहन्छ ।”

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले यस कार्यक्रमले शिक्षामा आमुल परिवर्तन ल्याउने विश्वास ब्यक्त गरेका छन् ।
शिक्षालाई जीवन, समुदाय र शिपसँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै उनी भन्छन् , “शैक्षिक हबको रूपमा अगाडि बढेको पाँचखाल नगरपालिकासँगको सहकार्यमा संचालन हुने यस कार्यक्रमप्रति हामी उत्साहित छांै ।”

साथै विद्यार्थी र समग्र समुदायको सहकार्यमा उत्पादन हुने ज्ञानलाई कार्यान्वयन गर्न पनि उनको नगरपालीका तत्पर रहेको खरेलले जानकारी दिए ।

कार्यक्रमको समग्र नेतृत्व गरिरहेका प्रद्यापक उद्ग खड्काले यस कार्यक्रमको डिजानदेखि कार्यान्वयनसम्ममा समुदाय र उद्योगको सहभागिता हुने बताए । “नेपालको उच्च शिक्षालाई माटो सुहाउँदो र जीवनोपयोगी बनाउन ‘कम्युनिटी’ र ‘युनिभर्सिटी’ जोड्ने यस पहलले नयाँ मानक स्थापना गर्दछ भन्ने कुरामा हामी ढुक्क छौँ”, उनी अगाडी थप्छन् ।

कलेजले यस कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक, कारखाना, एफ वान सफ्ट, फुडमान्डु र काठमान्डु अर्गानिक्स उद्योग साझेदारका रूपमा रहने जानकारी दिएको छ । स्थानीय समुदायबाट प्रत्यक्ष साझेदारी पाँचखाल नगरपालिका र सर्वमंगला कलेजसँग गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्