Shikhar Insurance
National Life

सरकार-गभर्नरको लाइन मिल्यो, ब्याजदर घट्ने, राष्ट्र बैंक लचिलो बनेसँगै अर्थतन्त्र सुध्रिने

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रचण्ड प्रधानमन्त्री बनेपछि र डा. प्रकाश शरण महतले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि निरासाले भरिएको अर्थतन्त्रमा आशा जगाउने अभिव्यक्ति निरन्तर दिँदै आएका थिए । प्रधानमन्त्री र अर्थमन्त्री दुबै जनाले आर्थिक क्षेत्र सम्वद्ध संघ संगठनहरुसँग निरन्तर सम्वाद गरिहेका थिए । अर्थमन्त्री डा. महतले गभर्नरसँग सम्बन्ध सुधारको प्रयास जारी रहेको बताईरहे । उनले गभर्नरलाई महाप्रसाद अधकिारीलाई पनि मिलेर काम गर्ने सन्दे निरन्तर पठाईरहे ।
यहि बिचमा प्रचण्डले सोमबार बैंक तथा वित्तिय संस्थाका लगानीकर्ता(साहु)हरुको संस्था बैंक तथा वित्तिय संस्था परिसंघ, नेपालको नेतृत्वसहित अर्थमन्त्री, मुख्य सचिव, गभर्नर र अर्थ सचिवसँग वृहत छलफल डाके ।

प्रधानमन्त्री प्रचण्डले आफ्नै अगुवाईमा डाकेको छलफलमा अर्थतन्त्रमा आशा पलाउने गरि के के गर्न सकिन्छ ? भन्ने जिज्ञासा प्रधानमन्त्रीको थियो । प्रधानमन्त्री प्रचण्डले भनेका थिए–“मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने योजना बनाएको पनि बताएका थिए । ‘हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ।’, प्रचण्डले भनेका थिए । उनले ऋण तिर्दिन भन्नेहरुलाई नछाड्ने अडान पनि सुनाएका थिए । “बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन” प्रधानमन्त्रीले भने । उनी अर्थतन्त्र सुधारका लागि सरकार सचेत रहेको भन्दै आफुले कसैको असहयोगलाई नसहने स्पष्ट पारेका थिए ।

‘प्रधानमन्त्रीको प्रस्तुति एक दमै कडा थियो, उहाँले कुनै पनि हालतमा निजी क्षेत्रको मनोबल बढाउनुपर्ने, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई सुरक्षाको पत्याभूति दिलाउनुपर्ने र ब्याजदर आन्दोलनका नाममा सुरु भएको अराजकता रोकिनुपर्ने बताउनु भएको थियो’, छलफलमा सहभागी एक लगानीकर्ताले भने । प्रधानमन्त्री प्रचण्डले बजारमा फैलिन खोज्दै गरेको अराजकता र निराशालाई रोक्न क–कसको के के भूमिका हुने हो ? त्यसको पूर्ण पालना गर्न निर्देशन दिएको पनि उनले बताए ।

गभर्नरले के भने ?
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर घटाउने बिषय सचेतता पूर्वक क्रमशः लागु गर्नुपर्ने तर एकै पटक घटाउन नहुने बताएका थिए । अधिकारीले उद्योग र व्यापारका लागि दुई दरको ब्याजदर नीति कार्यान्वयनको तयारी भैरहेको जानकारी पनि गराएका थिए । राष्ट्र बैंकले आफ्नो पोलिसी रिभ्यु गरिरहेको बताउँदै गभर्नरले ‘स्टेबलिटी भर्सेस ग्रोथ’लाई ध्यान दिएर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए ।

आफुले ब्याजदर विस्तारै घट्दै जाने संकेत बजारलाई दिईरहेको पनि उनको दावी थियो । बैंक तथा वित्तिय संस्थाहरुलाई ऋण उठाउन मुस्किल परिरहेको उनको पनि गुनासो थियो । गभर्नर अधिकारीले तरलताको अवस्थामा भने क्रमशः सुधार हुँदै गएको बताएका थिए ।

अनि ताते गभर्नर
प्रधानमन्त्री र अर्थमन्त्री दुबैले मिलेर काम गर्ने संकेत दिएपछि गभर्नर अधिकारी पनि तातेका छन् । प्रधानमन्त्रीसहितको छलफलको भोलि पल्ट राष्ट्र बैंकले पत्रकार सम्मेलन डाकेको छ । ‘गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको उपस्थितिमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा देहायको मिति, स्थान र समयमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलन’ भनेर राष्ट्र बैंकले सञ्चार माध्यमलाई निम्तो पठाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्