काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । उनले चिन्ताजनक असस्थामा नरहेको र क्रमश सुधार हुँदै गएको पनि बताए । नेपाल चेम्बर अफ कमर्सको ७२ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा हल्ला गरिएजस्तो संकट नरहेको बताएका हुन ।
प्रधानमन्त्री दाहालले पछिलो एक सय दिनमा आर्थिक अवस्थामा व्यापक सुधार आएको दावी पनि गरे । ‘अर्थतन्त्रा संकटमा छ भनेर हल्ला गरिएको छ, तर हल्ला गरेजस्तो संकटमा छैन, बैदेशिक मुद्राको भन्डारण बढदै छ । करिब १० महिनाको आयत धान्ने अवस्थामा पुगेको छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले सन २०२६ देखि नेपाल एलडीसीमा स्तरोन्नति हुन लागेकाले त्यस्को तयारिमा लाग्नु पर्ने समेत बताए । यस्तै सन २०३० सम्म बिकाशशिल रास्ट्रको सुचिमा समेटिने सरकारको लक्ष्य रहेको उनले बताए ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधार्न निजि क्षेत्रसङ्गको छलफल समेत अगाडि बढाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्