Shikhar Insurance
National Life

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २६, आईतवार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार ङादी ग्रुप पावर लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

ङादी ग्रुप पावरको ४.७५ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २ लाख ३० हजार ८२ कित्ता र ८ लाख ३९ हजार ४८२.२२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

दुबै कम्पनीको बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्