Shikhar Insurance
National Life

रास्वपाको चुनाव लक्षित दोहोरी गीतमाथि अध्ययन गर्दैछौंः प्रमुख निर्वाचन आयुक्त थपलिया

सिंहदरबार संवाददाता
२०७९ चैत्र २६, आईतवार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव लक्षित दोहोरी गीतमाथि निर्वाचन आयोगले छानविन थालेको छ । रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेका पक्षमा इनेपाल खबर नामको युट्युब च्यानलबाट दोहोरि भिडियो अपलोड गरिएको छ । भिडियोको शिर्षक पनि ‘डा स्वर्णिम वाग्लेको लागि भोट माग्दै प्रीति आले चिज गुरुङ र सुमन परियार’ राखिएको छ ।

भिडियो अपलोड भएको २२ घण्टा नपुग्दै १२१ हजार जनाले हेरिसकेका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन लक्षित दोहोरी गीतबारे अध्ययन भैरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘कहीँबाट उजुरबाजुर आएको छैन्, हामीले पनि हाम्रो टिमलाई हेर्न लगाएका छौं । चुनाबमा सबैका गितहरु रहछन् । ठूला ठूला नेताका पनि गीतहरु रछन् । पार्टीहरुका पनि रछन् । त्यसकारण, अब सामाजिक सञ्जालबाट कसैलाई भद्र अभद्र गाली गलौजका भाषा हेर्न लगाएको छ, त्यसो भन्न पाइँदैन् । मलाई भोट देऊ भन्न त कसो नपाइयला त भनेर हामी त्यहाँ अहिले हाम्रै तरिकाबाट हाम्रो टिमले, कानुनको टिमले त्यसलाई हेर्दैछ ।’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले सिंहदरबारसँग भने ।

आयोगले त्यसबारे केहि निष्कर्ष चाँही निकालिसकेको छैन् ? भन्ने प्रश्नमा आयोगका प्रमुख आयुक्त थपलियाले अघि भने–निष्कर्ष निकालिएको भए त विज्ञप्ति जारी भैहाल्थ्यो नी ।’

नेपाली रोधीघरका कलाकारहरु प्रीति आले, चिज गुरुङ र सुमन परियारले दोहोरी गाएका छन् । वनमा काँडा छ बोलको गीतमा गाइएको दोहोरीमा पुराना पार्टीहरुले केहि नगरेकाले अब घण्टीमा भोट हालि डा. स्वर्णिम वाग्लेलाई जिताउनुपर्ने भनिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्