Shikhar Insurance
National Life

धितोपत्र बजारको बिकासका लागि कोशेढुंगा- अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०७९ चैत्र २६, आईतवार १६:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सर्बोच्च अदालतको फैसला नेपालको धितोपत्र बजार बिस्तारका लागि कोशे ढुङ्गा भएको बताएका छन् । नयाँ स्टक एक्सचेञ्ज, कमाेडिटि एक्सचेञ्ज र खुला प्रणालीमा ब्रोकर लाइसेन्स वितरणको काम आरम्भ गर्दा सर्बोच्च अदालतमा मुद्दा परेको थियो ।

सर्बोच्च अदालतले संबैधानिक इजलास सहित सबै मुद्दा हरु खारेज गर्दै बोर्डलाई पुजिबजार बिस्तारका लागि आवश्यक काम गर्ने बाटो खुला गरिदिएको हो । ‘नेपालको धितोपत्र बजार बिस्तारका लागि सम्मानित सर्बोच्च अदालतको फैसला कोशे ढुङ्गा साबित हुनेछ । अब पुजि बजार बिकासको नयाँ युग सुरु हुन्छ’अध्यक्ष हमालले सिंहदरबार संग भने । उनले नयाँ स्टक एक्सचेञ्जले नेप्सेलाई पनि प्रतिस्पर्धी बनाउने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कमोडीटी एक्सचेञ्जको लाइसेन्सले नेपालमा लगानीका लागि नयाँ अध्यायको ढोका खोल्ने पनि स्पष्ट पारे । खुला प्रणालीमा आधारित ब्रोकर लाइसेन्सले नेपालको पुँजी बजारलाई प्रतिष्पर्धी र विश्वस्तरिय बनाउने दावी पनि गरे । लगानीकर्ताहरुका लागि कारोबारका थुप्रै विकल्पहरु ल्याउन आफुले अघि सारेका योजनाहरु सफल हुने विश्वास पनि व्यक्त गरे ।

सर्वाेच्च अदालतमा परेको रिटमाथि न्यायाधिशद्धय अनिल कुमार सिंहा र सुष्मालता माथेमाको इजलासले रिट खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन बोर्डलाई बाटो खोलि दिएको हो । स्टक, कमोडिटी स्टक र ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता दिपक बिक्रम मिश्रले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वाेच्चले तत्काललाई प्रक्रिया अघि नबढाउन उत्प्रेषणको आदेश दिएको थियो । तर, अधिवक्ता अमृत खरेलसहितले दायर गरेको संवैधानिक रिट भने सर्वाेच्चकै संवैधानिक इजलालसले खारेज गरिसकेको छ । संवैधानिक इजलासको फैसलाको पूर्ण पाठ राखेर सुनुवाई भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्