Shikhar Insurance
National Life

२८ अंकले घटेको सेयर बजारमा कालिन्चोक दर्शनका लगानीकर्ताले कमाए मनग्य

सिंहदरबार संवाददाता
२०७९ चैत्र २६, आईतवार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन सामान्य अंकले घटेर बन्द भएको सेयर बजारले सोहि क्रमलाई निरन्तरता दिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २८.३१ अंकले घटेर १,८३८.४८ को विन्दुमा झरेको छ । त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.२४ अंकले घटेर ३४८.७९ को विन्दुमा झरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार नेप्से परिसूचक घटेपनि कालिन्चोक दर्शन कम्पनीका लगानकिर्ताहरुले मनग्य आम्दानी गरेका छन् । यसदिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ ९० पैसा पुगेको हो । त्यसैगरी, सानिमा ग्रोथ फण्डको मूल्य ६.४६ प्रतिशत, गलोबल आइएमई लघुवित्तको २.१५ प्रतिशत र नबील डिबेन्चर २०८५ को मूल्य १.९९ प्रतिशतले बढेको छ भने, १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेन्चर २०८५ को मूल्य सबैभन्दा बढी ७.७५ प्रतिशतले घटेको छ।

दिनभरीमा २६८ कम्पनकिो ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर १ अर्ब १५ करोड ९४ लाख ४८ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार नेप्से परिसूचक ८.२८ अंकले घट्दा ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से परिसूचक घटेपनि कारेबार रकम भने २३ करोड रुपैयाँ बढेको छ ।

काोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको ५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै, शिवम् सिमेन्टको ५ करोड ७८ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ४७ लाख, ग्लोबल आइएमई बैंकको ३ करोड २६ लाख र ग्लोबल आइएमई बैंक प्रमोटर सेयर २ करोड ५४ लाख रुपैयाँ बराबबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएको १३ वाटै समूहको परिसूचक घटेकको छ । सबैभन्दा बढी हाइड्राेपावर समूहको परिसूचक २.३५ प्रतिशतले घटेको हो ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्