Shikhar Insurance
National Life

‘काबिल प्रशासक’को खोजीमा अर्थमन्त्री, ‘सर्प मारेर लौरो जोगाउने को ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २६, आईतवार १२:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका लागि भन्दै बजेट लेखन मस्यौदा समिति गठन गरिसकेका छन् । मन्त्री महतले मन्त्रिस्तरिय निर्णय मार्फत चैत २४ गते सहसचिव भुपाल बरालको नेतृत्वमा अन्य ५ जना सहसचिवहरु समेटेर मस्यौदा समिति गठन गरेका हुन्, जसमा सहसचिवहरु उत्तर बहादुर खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य छन् ।

संबिधानले नै जेठ १५ गते गणतन्त्र दिवसका दिन संघीय सरकारको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरेको छ । अब बजेट बनाउन अर्थमन्त्री र उनको टिमसँग करिब डेढ महिना मात्रै समय बाँकी छ । मन्त्री महत यतिबेला निजी क्षेत्र र आम सर्वसाधारणको मनोबल बढाउने प्रयासमा केन्द्रित छन् । हरक दिन जसो दर्ज आसपास भेट गरेर आफुले मन वचन र कर्मले अर्थतन्त्रको उत्थानका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजेट निर्माणका लागि मन्त्री डा. महतले तयार पारेको मस्यौदा समिति नै उनको ‘मीनी कोर टिम’ हो । त्यसका अलवा अब उनी मन्त्रालयमा केहि काबिल प्रशासकहरुको खोजीमा देखिन्छन् । त्यसका लागि उनले सबै भन्दा पहिले सचिवहरुको टिम सेट गर्ने सोँच बनाएका छन् । केहि सहसचिवहरुको सरुवा र पदस्थापन गरेका मन्त्री महतले सचिवको टिमबारे भने केहि निष्कर्ष निकालि नसकेको स्रोत बताउँछ । उनीमाथि कृष्णहरी पुष्करलाई अर्थ सचिव बनाउन दबाव छ । तर यसपाली आफ्नो प्रोफाइल नै बदल्ने योजनामा रहेका मन्त्री महतले पुष्करका नाममा ‘एस/नो’ जवाफ दिईसकेका छैनन् । अर्कातिर मधु मरासीनीलाई अर्थ सचिव बनाउनुपर्ने लबिङ पनि तिब्र छ । जनार्दन शर्मालाई ‘बीच बाटोमै छाडेर भागेको’ आरोप लागेका मरासीनीको नाम पनि अझै टुंगो लागेको छैन् ।

त्यसो त, तेश्रो तेश्रो विकल्पका रुपमा केबल भण्डारीको नाम जबरदस्त अघि आएको छ । काँग्रेस पृष्ठभूमिका केबलले पनि आ-आफ्नो लाइनबाट प्रेसर बढाईरहेकै छन् । चौथो विकल्पका रुपमा अहिले काम गरिरहेका अर्थ सचिव तोयम रायबाटै काम चलाउनेबारे पनि एउटा समुहले छलफल थालेको स्रोत बताउँछ । ‘कर्मचारीहरुको राजनीतिक लाइन हुन्न’ भन्ने मान्यतासहित प्रधानमन्त्री देउवा र उनको भित्रि टिममा तोयम रायबाट आफुले चाहेको काम लिन सकिने निष्कर्षसहित छलफल चलेको स्रोत बताउँछ । ‘तोयमले कानुन भन्दा बाहिर गएर केहि काम गर्दैनन्, उनलाई अघि सारेर काम गरियो भने धेरै बिरोध पनि आउँदैन्, उनको प्रोफाइल राम्रो भएकाले तोयमबाटै काम लिन सजिलो हुन्छ भन्ने लाइन पनि बलियो बन्दै गएको छ’, अर्थमन्त्री निकट स्रोतले सिंहदरबारलाई भन्यो ।

त्यसो त गणेश पाण्डे पनि अर्थ सचिव बन्नका लागि तिब्र चाहना राखेका छन् । बाणिज्य सचिव हुँदाका केहि निर्णयहरुमा गलत नियत साँधेकाले उनलाई ल्याउँदा गलत सन्देश जानेबारे पनि मन्त्री महत र उनको टिम सचेत रहेको स्रोत बताउँछ ।

र अन्तिम निर्णय…..
अर्थमन्त्री डा. महतले ‘पब्लिक इमेज’ राम्रो रहेका सचिव मार्फत काम गर्न चाहेको प्रष्ट भए पनि कसलाई सचिव बनाउने भन्ने अन्तिम निर्णय भने आरजु राणाकै हातमा रहेको स्रोत बताउँछ । जुन जुन बिषयमा आरजु राणाको हस्तक्षेप हुन्छ, त्यहाँ गलत सन्देश नै स्थापित भैरहेको निकर्ष निष्केकाले उनी पनि यसपाली भने ड्यामेज कन्ट्रोलको रणनीतिमा रहेको बताइन्छ । ‘सर्प पनि मरोस्, लौरो पनि नभाच्चियोस’ शैलीमा यसपाली अर्थ मन्त्रालयमा टिम सेट गर्ने योजना बनाउन डा. आरजु राणालाई निकटस्थहरुले सुझाब दिएको बताइन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्