Shikhar Insurance
National Life

वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्दो, ९ महिनामा ८० हजारले लिए अनुमतिपत्र

सिंहदरबार संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १४:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् ।

उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ । अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ । बिहीबारमात्रै ६ सय ९ अनलाइन आवेदन परेकामा पाँच सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए । उनका अनुसार आवेदन स्वीकृत भएका पाँच सय आवेदकले आज एनओसी पत्र पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार विसं २०७८ को वैशाखमा १ हजार ६ सय ९६, जेठमा ४ सय ५६, असारमा ३ हजार १ सय ९, साउनमा ५ हजार ३ सय ४१, भदौमा ५ हजार ८ सय ६०, असोजमा ४ हजार ९ सय ६३, कात्तिकमा ३ हजार ७ सय ५७, मङ्सिरमा ५ हजार ६ सय ९५, पुसमा ७ हजार ८५, माघमा ९ हजार ५ सय १३, फागुनमा १३ हजार ९ सय ७२ र चैतमा १६ हजार ३ सय ४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए ।

यस वर्षको वैशाखमा १५ हजार ७ सय ७१ र जेठमा १४ हजार छ सय १३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको संख्या बढी छ । हाल औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ ।

अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको सङ्ख्या घट्नाका साथै सेवा प्रवाह सहज र छिटो भएको एनओसीले जिकिर गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्