Shikhar Insurance
National Life

पौने चार अर्ब निक्षेप राख्ने बैंक खोज्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

सिंहदरबार संवाददाता
२०७९ चैत्र २३, बिहीबार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुमा पौने चार अर्ब रुपैयाँ निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै ३ अर्ब ८४ करोड रुपैयाँ निक्षेप राख्ने भन्दै बैंक तथा वित्तिय संस्थाहरुबाट प्रस्ताव आव्हान गरेको हो ।

राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषको रकम निक्षेप राख्न लागेको हो । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले त्यस्तो निक्षेपका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरुले ३ र्ब ७ करोेड २० लाख रुपैयाँ निक्षेप पाउनेछन् भने विकास बैंकहरुले ५७ करोड ६० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुले १९ करोड २० लाख रुपैयाँ पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्