Shikhar Insurance
National Life

डा. स्वर्णिमहरु किन चाहिन्छन् संसदमा ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २३, बिहीबार १७:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । बैशाख १० गते हुने ३ क्षेत्रको उप निर्वाचनमध्ये एउटा हो तनहुँ–१ । जहाँ नेपाली काँग्रेसका पूर्व कार्यकर्ता तथा अर्थविद डा. स्वर्णिम वाग्ले, नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराई र नेकपा(एमाले)का सर्वेन्द्र खनाल उम्मेदवार छन् । डा. स्वर्णिमले काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह रोजेका छन् । उनका अनन्य मित्र काँग्रेस महामन्त्री गगन थापाले स्वर्णिमलाई भोट माग्ने होइन, निर्वाचन हराउने जिम्मेवारी पाएका छन् ।
केहि दिनअघिसम्मका मित्रहरु तनहुँमा यतिबेला प्रतिष्पर्धामा छन् ।

तनहुँमा काँग्रेसबाट चुनाव त गोबिन्द भट्टराई लडिरहेका छन् तर प्रतिष्पर्धा भने गगन थापा र डा. स्वर्णिम वाग्लेबीच हुँदैछ । अनन्य मित्रहरुबीचको अघोषित प्रतिष्पर्धामा डा. स्वर्णिमको अवस्था के होला भन्ने सर्वत्र चासो छ ।
हिजो गगन स्वयंले डा. स्वर्णिमलाई अघि सारेर आफुसँग ‘भिजनरी’ टिम रहेको र सपना देखाउने मात्रै होइन, पुरा गर्ने साहस रहेको बताउने गरेका थिए । तर उनै गगनका भिजनरी स्वर्णिमले काँग्रेस छाडे र आज गगनहरु डा. स्वर्णिमलाई चुनाव हराउने अभियानको नेतृत्व गर्नुपर्ने बाध्यतामा पुगेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौंको बुढानिलकण्ठ स्कुलका प्रडक्ट स्वर्णिमले लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक, अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर र अष्ट्रेलियाबाट विद्यावारिधि अर्थात पीएचडी गरेका छन् । उनले यूएन एजेन्सी र विश्व बैंकमा अर्थशास्त्रीका रुपमा कामको अनुभव संगालिसकेका छन् । त्यस बाहेक यूएनडीपीको एसिया प्यासिफिक क्षेत्रका ३६ देश हेर्ने गरी मुख्य आर्थिक सल्लाहकारको जिम्मेवारी समेत पुरा गरिसकेका छन् ।  डा. स्वर्णिमले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्षको जिम्मेवारी सम्हालेर आफ्नो वौद्धिक कुशलताको प्रदर्शन गरिसकेका छन् । उनीसँग विदेशी लगानी भित्र्याउने, दाताहरुलाई कन्भिन्स गर्ने र देशका लागि के र कस्तो पोलिसी चाहिन्छ ? त्यो बनाउने क्षमता छ ।

राजनीतिमा डा. स्वर्णिमहरुको उपस्थितिले समृद्धिको यात्रालाई सहज बनाउन सघाउन सक्छ । उनी सांसद मात्रै बन्दा पनि संसदमा विकास, समृद्धि र सुशासनको बहसले नयाँ उचाई पाउन सक्छ । संसदीय मोर्चामा यथार्थवादी दृष्टिकोण भित्रिन सक्छ । युरोप, अमेरिकाको विकास, सुशासन र सामाजिक न्याय देखे भोगेका उनीहरुले त्यसलाई नेपाली माटो सुहाउने गरि प्रयोग गर्न सक्छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्