Shikhar Insurance
National Life

आगामी बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने हुनेछः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७९ चैत्र २३, बिहीबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन्। उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।”

सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समाजका पदाधिकारीले अर्थमन्त्री डा.महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्