Shikhar Insurance
National Life

८.२८ अंकले घट्यो सेयर बजार, घटेको बजारमा कुन-कुन कम्पनीले कमाए मनग्य ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २३, बिहीबार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन ८ अंकले बढेको बजार यस दिन पुन घटेर बन्द भएको हो ।

नेप्से परिसूचक घटेपनि यसदिन कालिन्चोक दर्शन कम्पनीका लगानकिर्ताहरुले मनग्य आम्दानी गरेका छन् । आज कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर ३११ रुपैयाँ ८० पैसामा पुगेको हो । त्यसैगरी, सिटिजन म्युचुअल फण्ड २ को मूल्य ९.९४ प्रतिशत, ग्लोबाल आइएमई लघुवित्तको ५.४२ प्रतिशत र नेडेप लघुवित्तको ४.६५ प्रतिशतले सेयर मूल्य बढेको हो । भने, बाँकी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा कमले बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ७.४३ प्रतिशतले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहिबार ८.२८ अंकले घटेर १,८६६.७९ को विन्दुमा झरेको छ । त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.९२ अंकले घटेर ३५३.०३ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर ९२ करोड ६ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबारको दिन नेप्से ८.३९ अंकले बढ्दा ८१ करोड ६० लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका अनुसार कारोबारमा आएको ४८ कम्पनीको सेयर मूल्य बढेको छ । १६५ कम्पनीको घटेको छ । भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सबैभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कम्पनीको ४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भउको हो । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २ करोड ९६ लाख र नबील बैंकको २ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने, बाँकी कम्पनीको ३ करोड रुपैयाँ भन्दा कम सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्