Shikhar Insurance
National Life

ज्योत्सना श्रेष्ठ कसरी पुगिन रामचन्द्र संघाईको टिममा ? धोखा दिने अञ्जन कि उनी ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २३, बिहीबार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन संघारमा प्यानल अदल बदलको क्रम जारी छ । सुरुमा अञ्जन श्रेष्ठको प्यानलबाट एसोसिएट उपाध्यक्ष उम्मेदवार बन्ने बताएकी ज्योत्सना श्रेष्ठले पछि क्याम्प बदलिन् । उनी बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार रामचन्द्र संघाईको टिममा पुगिन् । ज्योत्सनाले टिम बदलेपछि संकटमा पुगेको अञ्जन श्रेष्ठ समुहले सुरुमा प्रबलजंग पाण्डेलाई एसोसिएट उम्मेदवार बनाउने बतायो तर पछि भरतराज आचार्यको नाम समावेश गरियो । आचार्यलाई बरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानलमा पनि राखिएको छ ।

अघिल्लो दिन उमेशको टिमबाट उपाध्यक्ष घोषणा गरेका आचार्य भोली पल्टै अञ्जनको टिममा पनि देखिए । अर्थात आचार्यलाई उमेश र अञ्जनको टिमले साझा उम्मेदवार दावी गरेको छ । एसोसिएट तर्फ दुबै टिमले आधा आधा सदस्यहरुलाई उम्मेदवार बनाउने समझदारी बनेको बताइँदै आएको छ । यसरी टिम अदल बदलको सम्भावना अझै केहि दिन कायमै रहने महासंघका पदाधिकारीहरु नै बताउँछन् । बरिष्ठ उपाध्यक्षदेखि उपाध्यक्षसम्मका उम्मेदवारहरु टिम अदल बदल गराएर एक अर्कालाई ‘सरप्राइज’ दिन व्यस्त छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर टिम अदल बदलको पिडाँ भने ज्योत्सना श्रेष्ठलाई मात्रै बोकाईएको छ । उनीमाथि धोखेवाजको आरोप लागिइएको छ ।  तर उनी भने आफुले कसैलाई धोखा नदिएको बताउँछिन् । ‘मैले कसैलाई धोखा दिएको छैन्, बरु धोखा त मैले पाईरहेको छु, मेरो चरित्र हत्या गर्ने प्रयास भैरहेको छ, एउटा महिला कर्पाेरेट सेक्टर(एसोसिएट)का तर्फबाट उपाध्यक्ष बन्ने दौडमा छु, मलाई हौसला दिने भन्दा पनि निरास बनाउने काम भैरहेको छ’, श्रेष्ठले सिंहदरबारसँग भनिन् ।

संघाईको टिममा कसरी पुगिन ज्योत्सना ? धोखेवाज को ?
उनले महासंघको निर्वाचनमा उपाध्यक्ष बन्ने सोँच बनाउँदै गर्दा अञ्जनको टिमले छलफल गरेको थियो । तर श्रेष्ठले उम्मेदवार बन्ने ठोस निर्णय दिएकी थिइनन् । अञ्जनको टिम पनि भरत आचार्य आउने आशमा थियो तर भरतले पनि मुख खोलिसकेका थिएनन् । यसैबिच अञ्जन श्रेष्ठले फागुन ३० गते केहि पत्रकारहरुलाई सुझाब लिने भन्दै आमन्त्रण गरे । ज्योत्सनालाई पनि ‘पत्रकारहरुसँग सुझाव लिने कार्यक्रम छ आउनु होला’ भनिएको थियो । सुरुमा केहि सुझाव लिईसकेपछि अञ्जनले अकस्मात मञ्चमा बोलाएर टिम घोषणा गरिदिए । ‘म त्यो दिन टिम घोषणा कार्यक्रम छ भनेर गएकै थिँइन, पत्रकारसँग सुझाव लिने भनिएको थियो, तर अकस्मात टिम भनेर घोषणा गरियो, मेरो मन विलकुलै खुसी थिएन्’, श्रेष्ठले भनिन् ।

आफ्ना केहि रिजर्भेशन राखेर अञ्जनकै टिममा चुपचाप बसिरहेकी त्योत्सनालाई त्यतिबेला तनाब भयो जतिबेला उनले ‘भित्री गेम प्लान’को सूचना पाइन् । ‘मलाई आफ्नो टिमबाट उम्मेदवार बनाउने तर उपाध्यक्षमा भने भरत आचार्यलाई जिताउने गरि योजना बनाईरहेको सूचना पाएपछि म झाँगाबाट खसे जस्तै भएँ, एउटी महिलालाई ‘बलिको बक्रा(बाख्रा) बनाउन खोजिँदै थियो ।’, श्रेष्ठले दुखेसो पोखिन् । अन्तरघाती, पैसाको लोभमा परेको भनेर चरित्र हत्या गर्ने प्रयास भैरहेको भन्दै उनले आपक्ति पनि जनाइन् ।

सुरुबाटै अञ्जन श्रेष्ठ र उनको टिमका गतिबिधीबाट शसंकित बन्दै आएकी श्रेष्ठले आफुले हराउने भित्री खेल बुझेपछि आफुले नयाँ टिम रोजेकी बताइन् । ‘उनीहरु अपारदर्शी ढंगले चुनावको तयारी गरिरहेका थिए, मलाई गुमराहमा राखिरहेका थिए, मेरा सूचना लिन्थे तर मलाई केहि सूचना दिँदैनथे, धोखा उनीहरुले मलाई दिएका हुन्, मैले उनीहरुलाई दिएको होइन’, श्रेष्ठले दुखेसो पोखिन् ।

अनि फेरी जुटिन विकल्पको खोजीमा
आफुलाई चुनाव हराउने योजना बनेको सुईको पाएपछि ज्योत्सनाले बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार रामचन्द्र संघाईको टिममा सम्पर्क गरिन् । संघाईको टिमबाट सन्दिम अग्रवाल(गाढिया) एसोसिएट उपाध्यक्षको उम्मेदवार बन्ने तयारीमा थिए । ज्योत्सनाले गाढियालाई पछि हटेर आफुलाई सहयोग गर्न आग्रह गर्दा गाढियाले नयाँ प्रस्ताव गरे–‘टिम परिवर्तन ।’  आफ्नै टिममा राखेर हराउने योजना बनाउनेहरुसँग छुट्टिएर अर्काे टिमबाट उम्मेदवार बन्दा राम्रो हुने निष्कर्षसहित अन्ततः ज्योत्सनाले संघाईको टिम रोजिन् ।

अञ्जनले समय नै दिएनन्
आफ्ना आशंकाहरु हटाउन पटक पटक छलफलका लागि समय माग्दा पनि अञ्जनले समय नदिएको गुनासो ज्योत्सनाले गरिन् । ‘बिहिबार देखि शनिबारसम्म उहाँसँग छलफलको प्रयास गरेँ, कन्फ्युजनहरु हटाउनुपर्छ भनिरहेँ तर उहाँले समय दिन सक्नु भएन, आइतबार अर्काे टिम घोषणाको कार्यक्रम थियो, त्यसपछि मैले बोल्ड निर्णय गरेँ र त्यो आवश्यक पनि थियो ।’, श्रेष्ठले सिंहदरबारसँग भनिन् ।

‘म टिम जिताउने अभियानमा छु’
आफु टिम जिताउने अभियानमा रहेको उनी बताउँछिन् । मैले म मात्रै जित्ने कुरा गरेको छैन्, मेरो नेतृत्वमा रहनु भएका सबै एसोसिएट मेम्बरहरु जित्नुपर्छ, तर त्यहाँ त आफु मात्रै जित्ने, मलाई नै हराउने खेल भैरहेको थियो’, श्रेष्ठले भनिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्