काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुला भएको छ । सर्वाेच्च अदालतमा परेको रिटमाथि न्यायाधिशद्धय अनिल कुमार सिंहा र सुष्मालता माथेमाको इजलासले रिट खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन बोर्डलाई बाटो खोलि दिएको हो । स्टक, कमोडिटी स्टक र ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता दिपक बिक्रम मिश्रले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।
उनको रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वाेच्चले तत्काललाई प्रक्रिया अघि नबढाउन उत्प्रेषणको आदेश दिएको थियो । तर, अधिवक्ता अमृत खरेलसहितले दायर गरेको संवैधानिक रिट भने सर्वाेच्चकै संवैधानिक इजलालसले खारेज गरिसकेको छ । संवैधानिक इजलासको फैसलाको पूर्ण पाठ राखेर सुनुवाई भएको थियो ।
प्रतिक्रिया दिनुहोस्