Shikhar Insurance
National Life

राष्ट्र बैंकको नेतृत्वले को सरकारमा छ भनेर हेर्ने होइनः गगन थापा

सिंहदरबार संवाददाता
२०७९ चैत्र २२, बुधबार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार र नेपाल राष्ट्र बैंकको सम्बन्ध विश्वासिलो र पारदर्शी हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस निकट बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि एक अर्काको परिपुरक जस्तो हुनुपर्छ, सरकारले पनि राष्ट्र बैंकको नेतृत्वलाई त्यहि अनुसारले र राष्ट्र बैंकको नेतृत्वले पनि सरकारलाई को सरकारमा छ भनेर होइन, को कहाँबाट आएको छ भनेर होइन, त्यो सम्बन्ध विश्वासिलो, भरपर्दाे र पारदर्शी हुनुपर्छ । एक अर्काको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्छ ।’

युद्धका बेला नागरिकहरु एकजुट भए जसरी सरकार र निकायहरुबीच सहकार्य हुनुपर्ने उनको जोड थियो । पछिल्लो समय अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाल राष्ट्र बैंकका गभर्नरसँग सम्बन्ध सुधारका लागि निरन्तर प्रयास गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्