Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकले एलिवेट लाउन्ज एण्ड क्लवमा २०% छुट पाउने

सिंहदरबार संवाददाता
२०७९ चैत्र २२, बुधबार १६:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्यूरोड, काठमाडौं स्थित एलिवेट लाउन्ज एण्ड क्लव प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एलिवेट लाउन्ज एण्ड क्लवमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबा बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्