Shikhar Insurance
National Life

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

सिंहदरबार संवाददाता
२०७९ चैत्र २२, बुधबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकको सुधार देखिएको छ । अघिल्लो ४ दिनको कारोबारमा निरन्तर ओरालो लागेको सेयर बजार पाँचौं कारोबारको दिन सामान्य अंकले बढेर बन्द भएको हो ।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३९ अंकले बढेर १,८७५.०७ को विन्दुमा बन्द भउको हो । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.९७ अंकले बढेर ३५३.९५को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर ८१ करोड ६० लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन नेप्से परिसूचक १६.६७ अंकले घट्दा ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्सेमा सामान्य सुधार देखिए पनि काराबार रकम भने गिरावट आएको हो ।

नेप्सेका अनुसार कारोबारमा आएको १४६ कम्पनीको सेयर मूल्य बढेको छ ६४ कम्पनीको घटेको छ। भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन पनि कालिन्चो दर्शन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य २५७ रुपैयाँ ७० पैसाबाट बढेर २८३ रुपैयाँ ५० पैसा पुगेको हो । त्यसैगरी, सानिमा ग्रोथ फण्डको मूल्य ८.०७ प्रतिशत, लक्ष्मी लघुवित्तको ७.४१ प्रतिशत र समता घरेलु लघुवित्तको ६.२२ प्रतिशतले सेयर मूल्य बढेको छ । भने बाँकी कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा कमले बढेको छ ।

बुधबार कारोबारमा आएको सिटिजन म्युचुअल फण्ड १ को सेयर मूल्य सबैभन्दा बढी ७.१४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट कम्पनीको शीर्ष स्थानमा छ । कम्पनीको ६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, नबील बैंकको २ करोड ३५ लाख र गुँरास लाइफ इन्स्यारेन्सको २ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यसदिन कारोबारमा आएको १० वटा समूहगत उपसूचकको मूल्य बढेको छ भने, बाँकी ३ वटा समूहको परिसूचक घटेको छ। यसदिन सबैचभन्दा बढी होटल एण्ड टुरीजम समूहको परिसूचक १.०४ प्रतिशतले बढेको हो ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्