Shikhar Insurance
National Life

सुनको मूल्य ऐतिहासिक नयाँ रेकर्ड कायम, कतिमा हुँदै कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २२, बुधबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा आज(चैत्र २२ गते) बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्यले अघिल्लो रेकर्डलाई पछार्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि (चैत्र ५ गते) आइतबार मात्रै सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन अर्थात मंगलबार छापावाल सुन प्रतितोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन तेजावी सुनको मुल्य तोलाको १ लाख ८ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी,चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्