Shikhar Insurance
National Life

भारुसँगको स्थिर सटही दर बदल्नुपर्छः डा. अच्युत वाग्ले

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार २२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौँ विश्व विद्यालयका रजिष्ट्रार एवं प्राध्यापक डा अच्युत वाग्लेले राजनीतिक वृत्तमा आर्थिक विषयप्रतिको चासो घट्दै गएको र अर्थतन्त्रको सङ्कटग्रस्त अवस्थाबारे कुनै पनि दलले गम्भीर भएर नसोचेको बताएका छन् । अहिले शोधनान्तर स्थिति र वैदेशिक मुद्रा सञ्चिती सुधारको अवस्थामा रहे पनि अब सबैजसो क्षेत्र समस्यामा रहेको उनको भनाइ छ ।

राप्रपा नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आन्तरिक उत्पादन बढ्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको वाग्ले बताए । “अहिले मुलुकको अर्थतन्त्रमा औद्योगिक उत्पादनको योगदान घट्दै जानु र घरजग्गा कारोबारजस्ता क्षेत्रको योगदान बढ्नु समस्या हो । हाम्रो उत्पादनशील क्षेत्र सङ्कटमा प¥यो । बैंक तथा वित्तीय संस्थामा पनि उपभोग्य कर्जा बढ्दै गएको छ भने उत्पादनशील क्षेत्रमा कर्जा बढ्न सकेको छैन”, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्ला छ दशकको अवधिमा नेपालको औसत आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै वाग्लेले छाया अर्थतन्त्र फस्टाएका कारण आर्थिक वृद्धिदरमा उल्लेख्य सुधार हुन नसकेको बताए । न्यून राजस्व सङ्कलन तथा पुँजीगत खर्च र बढ्दो व्यापार घाटालाई गम्भीर समस्याका रुपमा लिइनुपर्ने उनको भनाइ छ ।

“सरकारी राजस्वले चालु खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको छ । अर्कोतर्फ पुँजीगत खर्च बढ्न सकेको छैन । व्यापार घाटा उच्च छ । करिब एक बराबरको बस्तु तथा सेवा निर्यात गर्दा हामीले बीस बराबरको आयात गरिरहेका छौँ”, वाग्ले भने ।

भारतसँग नेपाली मुद्राको स्थायी विनिमयदर कायम रहुन्जेलसम्म नेपालको आफ्नै मौद्रिक नीतिको कार्यदिशा तय गर्न नसकिने उनले बताए । त्यस्तै, वैदेशिक विकास सहायतामा अनुदानको अंश घट्दै जानु र ऋणको अंश बढ्दै जानु पनि समस्या रहेको वाग्लेले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्