Shikhar Insurance
National Life

चौथो कारोबार दिन पनि घट्यो नेप्से, घटेको बजारमा कालिञ्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।

नेप्से ओरालो लागेपनि यस दिन कालिञ्चोक दर्शनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसदिन कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशत अर्थात २३ रुपैयाँ ४० पैसा बढेर २५७ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सानिमा ग्रोथ फण्डको इकाईमूल्य ८.९३ प्रतिशत बढेको छ भने ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ७.७३ प्रतिशत बढेको छ। यस दिन पनि प्रभु बैंकको ऋणपत्र सर्वाधिक ९.२९ प्रतिशत घटेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ५.२० अंकले घटेर १,८६६.६८ को विन्दुमा झरेको छ । त्यसैगरी, ठुुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.७३ अंकले घटेर ३५१.९७ को विन्दुमा झरेको हो ।

दिनभरीमा २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर ९१ करोड ७६ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से परिसूचक १६.६७ अंकले घट्दा ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्सेसँगै कारोबार रकम पाि घटेको हो ।

नेप्सेका अनुसार कारोबारमा आएको ८६ कम्पनीको सेयर मूल्य बढेको छ । ११६ कम्पनीको घटेको छ। भने, १५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, एनआईसी एशियाको ३ करोड २८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्