Shikhar Insurance
National Life

अर्थतन्त्रमा विश्वास जगाउने अर्थमन्त्रीको भगीरथ प्रयास, छवि सुधार्ने अवसर पनि

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘हामीले अहिले दिने भनेकै आत्मविश्वास हो, त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्छु, निरास बनेका व्यवसायमा आशा जगाउनेछु ।’–गत शुक्रबार अर्थात चैत १७ गते पदभार ग्रहण गर्दा अर्थमन्त्री डा. प्रकाश शरण महतले भनेका थिए ।

उनले कार्यभार सम्हालेको एक हप्ता पुग्नै बाँकी छ तर उनले अर्थतन्त्र प्रति गुम्दै गएको सार्वजनिक विश्वास फर्काउने भगिरथ प्रयत्न गरिरहेका छन् । उनको प्रयत्नबाट निजी क्षेत्र मात्रै होइन, अर्थमन्त्रालयका कर्मचारीहरुमा पनि ‘सकारात्मक उर्जा सञ्चार’ भएको छ । व्यवसायी र कर्मचारी जागेको आशालाई अब उनले आमस्तरमा फैलाउनुपर्नेछ जागेको आशालाई अब उनले आमस्तरमा फैलाउनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वसँग भेटेर उनले भनेका थिए–तपाईहरुको मनोबल घट्न दिन्न तपाईहरुसंग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु ।’ आइतबार नै नेपाल उद्योग परिसंघको नेतृत्वसँगको भेटमा अर्थमन्त्रीको प्रतिवद्धता थियो–‘अर्थतन्त्र सुधारका लागि सकारात्मक सेन्टीमेन्ट निर्माण गर्न पूर्ण रूपमा लाग्नेछौं । जहाँबाट समस्या आएको छ, त्यहीबाट सुधार गर्न तयार छौं । त्यसमा तपाईहरुको पनि सहयोग आवश्यक पर्छ ।

सोमबार नेपाल बैंकर्स संघसँग छलफल गरि बैंकिङ क्षेत्रको समस्या समाधानमा आफुले सहयोग गर्ने बताएका थिए । उनले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने पनि बताएका थिए ।
उनले सोमबार नै नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका प्रतिनिधीसँग भेट गरि पुँजी बजारका लगानीकर्ताहरुको आत्मविश्वास बढाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए ।

सोमबार नै उनले राजश्व चुहावट नियन्त्रण समितिको बैठक बोलाए । गृहमन्त्री र नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका प्रमुखहरु, आन्तरिक राजश्व विभाग, भन्सार, राजश्व अनुसन्धान विभाग, सम्पति सुद्धिकरण विभागका प्रमुखहरुको छलफलमा उनले राजश्व चुहावटमा सरकार हदैसम्म कठोर भएर प्रस्तुत हुने स्पष्ट पारेका थिए ।

‘अन्तराष्ट्रिय विमानस्थलमा पनि भन्सार र सुरक्षा निकायबीच समन्वयको अभाव छ भन्ने सुनिएको छ । आन्तरिक राजश्वको कुरा पनि गम्भिर छ । भ्याटमा चुहावटका कुरा आएका छन् । लामो समयपछि भ्याट घटेको भन्ने आयो । बिशेष ख्याल गर्नु होला । अनावश्यक रुपमा कसैलाई दुःख दिने कुरा हुन्न तर जहाँनिर नियम उल्लंघन गरिएको छ, त्यहाँ छाड्ने कुरा हुन्न ।’, अर्थमन्त्री डा. महतले भनेका थिए ।

उनले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नरसहितको नेतृत्वसँग छलफल गरिसकेका छन् । ‘अर्थमन्त्रीज्यूको प्रारम्भिक रुझान हेर्दा उहाँमा काम गर्ने हुटहुटी छ, उहाँले निजी क्षेत्रको मनोबल बढाउनेदेखि कर्मचारीहरुलाई आ आफ्नो काम गर्न कुनै रोकतोक नहुने सन्देश दिईहनु भएको छ’, अर्थमन्त्रालयका एक सह सचिवले सिंहदरबारसँग भने ।

बिचौलियाहरुको प्रतिनिधीका रुपमा अर्थ मन्त्री बनेको आरोप लागेका डा. महतलाई आफ्नो छवि सुधार गर्ने यो अन्तिम अवसर पनि हो । डा. महतले आफ्ना निकटस्थहरुलाई नकारात्मकताले भरिएको आफ्नो सार्वजनिक छविलाई सुधार गर्ने र संकटका बादलहरुले घेरिएको अर्थतन्त्रमा आशा जगाउने प्रयासका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् । अमेरिकाबाट अर्थशास्त्रमै पीएचडी गरेका डाक्टरले चाहेमा अर्थतन्त्रमा अहिले देखिएको अन्यौललाई हटाउन सहयोगी हुन सक्ने देखिन्छ ।

 

राजस्व चुहावट समितिको बैठक सुरु, सीमा क्षेत्रका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल

खुल्लम खुल्ला भन्सार छेउबाटै समान पास गर्ने, भ्याट छल्ने काम भैरहेका छन्ः अर्थमन्त्री

 

 

निजि क्षेत्रलाई अर्थमन्त्रीको प्रतिवद्धताः तपाईहरुको मनोबल घट्न दिन्न

अर्थतन्त्र सुधार्न अर्थमन्त्री डा. महतलाई परिसंघका १० मन्त्र

ब्याजदर र अर्थतन्त्रबारे बैंकर्ससंग अर्थमन्त्रीको चासो, यस्तो भयो कुराकानी

GBIME

प्रतिक्रिया दिनुहोस्