Shikhar Insurance
National Life

सिटी होटलको आईपीओ बिक्री खुला, क-कस्ले कहिलेसम्म आवेदन दिन पाउँने?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटी होटलले आज (चैत २१ गते) मंगलबार देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकिता अंकित मूल्य १०० रुपैयाँका दरले १ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा विदेशमा रहेका नेपालीका लागि सेयर निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा वैशाख २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ ।

होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा १६ लाख ७४ कित्ता सेयर निष्काशन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्