Shikhar Insurance
National Life

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रैः एडिबी

सिंहदरबार संवाददाता
२०७९ चैत्र २१, मंगलवार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । एशियन डेभलपमेन्ट बैंक(एडिबी)ले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने प्रक्षेपणसहितको प्रतिवेदन एडिबीले मंगलबार सार्वजनिक गरेको हो ।

यस अघि एडिबीले सन  २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । गत असोजमा सार्वजनिक प्रतिवेदनमा एडिबीले सन २०२३ मा नेपालको अर्थतन्त्र ४.७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले यहि फागुनमा निकालेको प्रतिवेदनमा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने भनेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एडिबीका अनुसार सन २०२३ मा चिनको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि हुनेछ । जुन सन २०२२ मा जम्मा ३ प्रतिशत मात्रै थियो । भारतको आर्थिक वृद्धि भने ६.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ ।

सरकार र राष्ट्र बैंकको द्धन्द्धले अर्काे वर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमै खुम्चिने

सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने

GBIME

प्रतिक्रिया दिनुहोस्