Shikhar Insurance
National Life

निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम एक अर्ब पनि पुगेन

सिंहदरबार संवाददाता
२०७९ चैत्र २०, सोमबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको हो। गत साताको अन्तिम कारोबार दिन अर्थात बिहिबारदेखि घट्न थालेको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार १६.६७ अंकले घटेर १,८७१.८८ को विन्दुमा झरेको छ । त्यस्तै, ठुला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.०५ अंकले घटेर ३५२.७१ को विन्दुमा झरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दिनभरीमा २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से परिसूचक २० अंकले घट्दा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका अनुसार कारोबारमा आएको ३३ कम्पनीको सेयर मूल्य बढेको छ । १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन कालिन्चोक दर्शन कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१३ रुपैयाँ १० पैसाबाट २३४ रुपैयाँ ४० पैसा पुगेको हो । त्यस्तै, माहुली लघुवित्तको ३.१६ प्रतिशत, विशाल बजार कम्पनकिो २.५० प्रतिशत र एनआइसी एशिया ग्रोथ फण्डको मूल्य २.४८ प्रतिशतले बढेको छ । भने बाँकी कम्पनकिो सेयर मूल्य २ प्रतिशत भन्दा कमले बढेको छ।

नेप्सेका अनुसार ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ को मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमको आधारमा नबील बैंकको सबैभन्दा बढी ३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भउको छ । त्यसैगरी, एनआइसी एशिया बैंकको २ करोड ९३ लाख र ग्लोबल आइएमई बैंकको २ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, लगानी, जलविद्युत र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्