Shikhar Insurance
National Life

दोहोरो अंकले घटेको बजारमा कुन-कुन कम्पनीले कमाए सर्वाधिक सेयर मूल्य?

सिंहदरबार संवाददाता
२०७९ चैत्र १९, आईतवार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यसदिन २० अंकले घटेर १,८८८.५५ को विन्दुमा झरेको हो । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.७२ अंकले घटेर ३५५.७५ को विन्दुमा झरेको छ ।

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कालिन्चोक दर्शन कम्पनीको लगानीकर्ताहरुले सेयर मूल्य सर्वाधिक कमाएका छन् । आज यस कम्पनीको प्रतिकित्ता सेयर मूल्य ९.९६ प्रतिशत अर्थात १९३ रुपैयाँ ८० पैसाबाट बढेर २१३ रुपैयाँ १० पैसामा पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, सिटिजन म्युचुअल फण्ड १ को मूल्य ६.१० प्रतिशत, जिवन विकास लघुवित्तको ४.८७ प्रतिशत, एनआईसी एशिया फ्लोसी क्याप फण्डको मूल्य २.५१ प्रतिशत र स्वात गंगा हाइड्रोपावर कम्पनीको सेयर मूल्य २.५० प्रतिशतले बढेको हो । बाँकी कम्पनीको सेयर मूल्य भने ३ प्रतिशत भन्दा कमले बढेको छ ।

नेप्सेका अनुसार यसदिन २३ कम्पनीको सेयर मूल्य बढेको छ । १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने, ४ कम्पनकिो सेयर मूल्य स्थिर छ ।

दिनभरीमा २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर १ अर्ब २० करोड ७१ लाख रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकमको आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको ५ करोड ५ लाख रुपैयाँ बरारबो सेयर खरिदबिक्री भएको हो । त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ५१ लाख, रिडी पावर कम्पनीको ३ करोड ७३ लाख, हिमालयन डिस्टिलरीको २ करोड ५२ लाख र नेपाल रि इन्स्योरेन्सको २ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ । भने, बाँकी कम्पनीको ३ करोड भन्दा कम रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

दोहोरो अंकले घटेको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी ९.६१ प्रतिशत सेयर मूल्य गुमाएको छ । त्यस्तै, ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २ं८७ को मूल्य ९.६० प्रतिशत, कालिका लघुवित्तको ७.४९ प्रतिशत, भिजय लघुवित्तको ६.६९ प्रतिशत र माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.०२ प्रतिशतले घटेको छ ।

यसदिन १३ वाटै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक २.५८ प्रतिशतले घटेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्