Shikhar Insurance
National Life

निजि क्षेत्रलाई अर्थमन्त्रीको प्रतिवद्धताः तपाईहरुको मनोबल घट्न दिन्न

सिंहदरबार संवाददाता
२०७९ चैत्र १९, आईतवार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले आज विहान सिंहदरवारमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिँदै अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।

भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने, यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव दिएका छन् । सहकारी र लघुवित्तमा तरलता बढाउने तर्फ जोड दिँदै अध्यक्ष गोल्छाले सरकारी खर्च निक्कै सुस्त रहेका, त्यसलाई बढाउन समेत सुझाव दिएका छन् । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनले अर्थमन्त्री समक्ष आग्रह गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले सरकारसंग राजस्व कम उठेको तथा चालु खर्च धान्न मुस्किल परेको अवस्थामा बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उनको सुुझाव थियो । यसरी लिएको ऋण, विकास योजनामा खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्ने गोल्छाको जोड थियो ।

अर्थमन्त्रीसंगको भेटमा अध्यक्ष गोल्छाको राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुरयाउने सुझव थियो ।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्रयाउनका लागि दाताहरुसंग पहल गर्नुपर्ने बताउदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न जोड दिँदै अध्यक्ष गोल्छाले राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने धारणा राखेका थिए ।

अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका छन् ।

उक्त महासंघसंगको भेटवार्तामा अर्थमन्त्री महतले भने “तपाईहरुको मनोवल घट्न दिन्न तपाईहरुसंग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु” ।

GBIME

प्रतिक्रिया दिनुहोस्