Shikhar Insurance
National Life

कानुन विपरीत धितोपत्र बोर्ड र साल्ट ट्रेडिङको सञ्चालक समितिमा अञ्जन श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ चैत्र १८, शनिबार २०:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य अञ्जन श्रेष्ठ कानुन विपरीत साल्ट ट्रेडिङ कर्पाेरेशनको सञ्चालक समितिमा पनि बसेको फेला परेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका श्रेष्ठ एकै पटक धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्ड र उसकै नियमन दायरामा आउने सूचिकृत कम्पनी साल्ट ट्रेडिङको सञ्चालक समिति सदस्यको रुपमा काम गरिरहेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल उद्योग बाणिज्य महासंघको प्रतिनिधीमा रुपमा श्रेष्ठले बोर्डमा सहभागीता जनाईरहेका छन् । सर्वाेत्तम सिमेन्टको सेयर किनबेचमा मुछिएपछि बोर्डका तत्कालिन सञ्चालक समिति सदस्य चन्द्र ढकालले राजीनामा गरेका थिए । ढकालले राजीनामा गरेपछि महासंघले श्रेष्ठलाई बोर्डको सञ्चालक समितिमा पठाएको थियो ।

नेपाल धितोपत्र बोर्ड र साल्ट ट्रेडिङको सञ्चालक समितिमा अञ्जन श्रेष्ठ

धितोपत्र ऐन, २०६३ को दफा ११ मा बोर्ड अध्यक्ष वा सञ्चालकहरु अयोग्यता सम्बन्धी व्यवस्था गरेको छ । जहाँ भनिएको छ–धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरु । अर्थात धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरु बोर्डको सञ्चालक समितिमा बस्न पाउने छैनन् ।

धितोपत्र बोर्डका सञ्चालकहरुका लागि तयार पारिएको आचारसंहितामा पनि बोर्ड सञ्चालक समिति सदस्यहरुले सूचिकृत संस्थाहरुको सञ्चालक बन्न नपाउने व्यवस्था गरिएको छ ।

धितोपत्र ऐनमा अध्यक्ष वा सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था

एउटै व्यक्ति नियामक र सूचिकृत कम्पनीको सञ्चालक समितिमा बस्ने कुरा कानुनी र नैतिक दुबै दृष्टिकोणले गलत देखिन्छ । तर श्रेष्ठले भने बोर्ड र साल्ट ट्रेडिङको सञ्चालक समितिमा निरन्तर सहभागीता जनाउँदै आएका छन् । साल्ट ट्रेडिङमा श्रेष्ठको ७ हजार २ सय ४० कित्ता सेयर रहेको छ । सोही सेयर धारण गरेकै आधारमा उनी साल्ट ट्रेडिङको सञ्चालक समितिमा सहभागी छन् ।

साल्ट ट्रेडिङमा अञ्जन श्रेष्ठको सेयर स्वामितव । सोही सेयरधनीका रुपमा श्रेष्ठले सञ्चालक समितिमा प्रतिनिधित्व गरेका हुन् ।

कानुन र संस्थागत सुशासनका आधारमा श्रेष्ठले धितोपत्र बोर्ड वा साल्ट ट्रेडिङमध्ये एक संस्थाको सञ्चालक समितिबाट तत्कालै राजीनामा दिनुपर्ने हुन्छ ।

साल्ट ट्रेडिङका सेयर संरचना ।

घट्दो बजारमा पनि साल्ट ट्रेडिङको सेयर मूल्य भने बढेको देखिन्छ । अन्तिम कारोबारका दिन एसटीसीको सेयर मूल्य प्रति कित्ता ११ रुपैयाँले बढेर ३९०० रुपैयाँमा कारोबार भएको छ ।  स्रोतका अनुसार श्रेष्ठका आफन्त जोडिएको एउटा इन्साइडर ट्रेडिङको अध्ययन प्रतिवेदन कार्यान्वयन नगराउन पनि उनले दबाव दिईरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्