काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले निरासामा रहेको आर्थिक क्षेत्रको मनोबल उकास्न आफुले भूमिका खेल्ने बताएका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री उनले भने उद्योगी व्यवसायीहरुको आत्मविश्वास बढाउन भूमिका खेल्ने बताएका हुन् । ‘हामीले अहिले दिने भनेको आत्मविश्वास हो । त्यसलाई म प्राथमिकतामा राखेर अघि बढ्छु’, उनले भने ।
उनले अहिलेको समयमा अर्थतन्त्रलाई हेरेर निर्णय गर्ने बताए । उनले मुलुक संकटमा रहेकाले अब खर्च गर्दा प्राथमिकताको क्षेत्रमा मात्रै गर्ने स्पष्ट पारे । महतले राजस्व संकलन सन्तोषजनक नभएको, लगानीकर्ता निरुत्साहित भएको बताउँदै त्यस्ता समस्या समाधानहका लागि आफुले भूमिका खेल्ने बताए ।
उनले अहिलेको संकट समाधान गर्न लगानी आवश्यक भएको भन्दै लगानी भित्र्याउन राष्ट्र बैंकको भूमिका महत्वपूर्ण रहने बताए । उनले अनेक आरोपहरुलाई चिर्दै आफुले काम गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्