Shikhar Insurance
National Life

राजस्व संकलन निराशाजनक, लक्ष्यको तुलनामा झन्डै ३१ करोड कम असुली

सिंहदरबार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १६:५१
Hyundai
NCELL
NIMB

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व संकलन लक्ष्य ४ अर्ब ३५ करोड ९ लाख ४० रहेकामा सो कार्यालयले उक्त अवधिमा ४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै ३१ करोड कम राजस्व सङ्कलन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत ५८ करोड ५९ लाख २१ हजार रुपैयाँ, घरवहाल करवापत १ करोड २ लाख ८४ हजार रुपैयाँ, ब्याज करवापत ४ करोड ७३ लाख ९ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करवापत ६० करोड १६ लाख १३ हजार रुपैयाँ, स्वास्थ्य करवापत ४२ करोड १३ लाख ५२ हजार रुपैयाँ तथा शिक्षाकरवापत ४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिएको छ । बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व संकलनमा कमी आएको जनाइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्