Shikhar Insurance
National Life

तीनखम्बे अर्थ नीति अनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार छः उपप्रधानमन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १६:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले तीनखम्बे अर्थ नीति अनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार रहेको बताएका छन् ।

फ्लोरिकल्चर एसोसियसनद्वारा आयोजित २४औँ फ्लोरा एक्स्पोको शुभारम्भ गर्दै उनले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने जानकारी दिएका हुन् । उनले, अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको र यसका लागि सरकारले गृहकार्यसमेत थालिसकेको बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“अहिलेको अर्थतन्त्रको अवस्थालाई अब हामी यथास्थितिमा राख्दैनौँ । सरकारले तत्काल सुधारका प्रयास गर्नेछ । यसका लागि गम्भीर गृहकार्य पनि सुरु भइसकेको छ”, उनले भने। अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेको बताउँदै उनले त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको उत्तिकै भूमिका रहने उल्लेख गरे।

“तीनखम्बे अर्थ नीति अनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार छ । अहिलेको आर्थिक समस्यालाई सरकारले निजी क्षेत्रको मात्र समस्याका रुपमा लिएको छैन । यो समग्र देशकै समस्या हो । यसलाई सबैले मिलेरै समाधान गनुपर्छ”, मन्त्री श्रेष्ठले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले उठाएका विषय र सरकारलाई दिइएका सुझाव समयमै कार्यान्वयन हुन नसक्दा अहिले देशको आर्थिक अवस्था खस्किँदै गएको बताए। “निजी क्षेत्रले अहिलेको आर्थिक स्थिति आउँछ भनेर पहिल्यै अनुमान गरेको थियो । हामीले उठाएका विषय निजी क्षेत्रको मात्र नभएर मुलुकको अर्थतन्त्रमै दीर्घकालीनरुपमा प्रभाव पार्नसक्ने खालका थिए । तर निजी क्षेत्रले दिएका सुझाव सरकारले कार्यान्वयन गरेन”, उनले भने ।

फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताए। “बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न सकेका छैनन् । परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि बिना धितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ”, उनले भने। अहिले पुष्प व्यवसायमा ७ अर्ब रुपैयाँ बराबरको लगानी र २ अर्ब ३० करोड रुपैयाँको वार्षिक कारोबार रहेको जनाइएको छ । गत वर्षको तथ्याङ्कअनुसार भारतबाट ३६ अर्ब रुपैयाँ बराबरको पुष्प आयात भएको कार्यक्रमा जानकारी दिइएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्