Shikhar Insurance
National Life

चन्द्र ढकालको नयाँ प्रस्तावः महासंघ अध्यक्षको कार्यकाल दुई वर्षमा झारौं

सिंहदरबार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार ११:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघ अध्यक्षको कार्यकाल २ वर्षमा झार्न प्रस्ताव गरेका छन् । महासंघ मधेश प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले अध्यक्षको कार्यकाल घटाउन प्रस्ताव गरेका हुन् । उनले भने– ‘बरु तीन वर्षबाट दुई वर्षे कार्यकाल बनाऔं । तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यहि अवस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ ।’

महासंघको चैत २८ गते हुने साधारण सभाबाट ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्दैछन् । ढकालपछि स्वतः अध्यक्ष बन्ने योजनासहित अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ बरिष्ठ उपाध्यक्षका लागि निर्वाचन लड्ने तयारीमा छन् । ढकाल निकटका अधिकांश उद्यमी व्यवसायी भने उमेशलाल श्रेष्ठको समुहमा उम्मेदवार बनिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवार योग्य र सक्षम रहेको उल्लेख गर्दै सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कार्यकालमा सम्भव भएसम्म महासंघको प्रत्येक बैठक फरक फरक प्रदेशमा राख्ने जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्