Shikhar Insurance
National Life

भीम रावलले आत्मालोचना गर्नुपर्छः उपाध्यक्ष पौडेल

सिंहदरबार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले आत्मालोचना गर्नुपर्ने बताएका छन् । धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष पौडेलले नेता रावलले आत्मालोचना गरेको अवस्थामा मात्रै पार्टीले जिम्मेवारी दिने बताएका हुन् । डा. रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप पनि उपाध्यक्ष पौडेलले लगाए ।

डा. रावलले महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएकोले आत्मालोचना गरेपछि मात्रै जिम्मेवारी दिनेबारे सोध्न सकिने बताएका हुन् । ‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्, कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् ।’, उपाध्यक्ष पौडेलले भनेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्