काठमाडौं । अमेरिकका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल जाने सम्भावना बढेको छ । उनी फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति पनि बनेका छन । आफ्नी प्रेमिका पोर्न स्टार स्टोर्मी डेनिल्सलाई मौन बस्नका लागि पैसा र दबाव दिएको अभियोग लागेको छ । राष्ट्रपतीय निर्वाचनमा असर पुग्ने भन्दै ट्रम्पले डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको अभियोग लागेको हो।
त्यस बाहेक पनि अमेरिकामा ट्रम्प विरुद्ध अरु तीन मुद्धा पनि छन् । उनको कम्पनीले जालसाजी गरेको भन्दै गत डिसेम्बरमा ट्रम्पको कम्पनी दोषी देखिएपछि १ करोड ६० लाख जरिवाना तिर्नुपरेको थियो ।
ट्रम्पले जासुसी सम्बन्धी कानुनको उल्लंघन पनि गरेको भन्दै फौजदारी अभियोग चलाइएको छ ।}
ट्रम्पमाथि ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब गराएको अभियोग पनि लगाएको छ । उनले ती कागजात फ्लोरिडा पुर्याएको भन्दै उनको निवासमा छापा समेत मारिएको थियो । उनको निवासमा ११ हजार कागजात जफत गर्दा १०० कागजात वेपत्तामध्ये रहेको दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्