Shikhar Insurance
National Life

सर्वाेत्तम र रिलायन्सको बुक बिल्डिङ आईपीओ दुई महिनाभित्रै टुंगिँदै, यसरी हुँदैछ काम

सिंहदरबार संवाददाता
२०७९ चैत्र १४, मंगलवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सका बुक बिल्डिङबाट आईपीओ जारी गर्ने काम दुई महिनाभित्रै टुंगोमा पुर्याउने गरि काम अघि बढाएको छ । बोर्डका अध्यक्ष रमेश हमालले नेपाल स्टक एक्सचेञ्ज, सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, सेयर निष्काशनको जिम्मा लिएका मर्चेन्ट बैंकर, योग्य संस्थागत लगानीकर्ता(क्युआइभी)सहितको वृहत बैठक राखेर आगामी दुई महिनाभित्रै प्रक्रिया टुंगोमा पुर्याउने गरि काम अघि बढाउन भनेका हुन् ।

नेपालको पुँजी बजारमा सार्वजनिक निष्काशनका लागि ऐतिहासिक घट्नाक्रमका रुपमा लिईएको बुक बिल्डिङ प्रणालीलाई तार्किक निष्कर्षमा पुर्याउने बोर्डले चैत ६ गते सम्वद्ध पक्षहरुलाई बोलाएर आगमी दुई महिनाभित्र सबै काम सम्पन्न हुने गरि अघि बढाउन माइन्युट नै गराएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘हामीले आगमी २ महिनाभित्र बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने कामलाई एउटा निष्कर्षमा पुर्याउने भनेर एक खाले समझदारीसहित काम अघि बढाएका छौं’, धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले सिंहदरबारसँग भने ।
बोर्डले सम्वद्ध कम्पनी र बिक्रि प्रबन्धक मर्चेन्ट बैंकरलाई केहि बिषयमा थप स्पष्ट पार्न र आवश्यक कागजात बुझाउन भन्दै पत्राचार समेत गरिसकेको छ । ‘बोर्डबाट थप स्पष्टताका लागि पत्र प्राप्त भएको छ, हामी छिटो भन्दा छिटो त्यसको जवाफ पठाएर अनुमति लिने प्रक्रियालाई टुंगोमा पुर्याउन लागिपरेका छौं’, एक मर्चेन्ट बैंकरले सिंहदरबारसँग भने ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको पुँजी बजारमा नयाँ अध्यायका रुपमा हेरिएको बुक बिल्डिङ प्रणालीलाई विवादरहित र वैज्ञानिक प्रक्रियाबाट टुंगोमा पुर्याउन आफुले मेहनत गरिरहेको बताए । उनले बुक बिल्डिङ प्रणालीबाट सर्वसाधारण लगानीकर्ताले उच्च लाभ लिने अवस्था निर्माण हुनुपर्ने र पुँजी बजारमा राम्रा कम्पनीहरुको आकर्षण बढोस भन्नका लागि आफुले सचेतता पूर्वक काम गरिरहेको पनि बताए ।

सर्वाेत्तम सिमेन्टले प्रति कित्ता ५०१ देखि ७५१.१० रुपैयाँसम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेको छ । कम्पनीले २४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको र सो प्रयोजनको नेतृत्व ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रति कित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने लागेको छ । कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गर्न लागेको हो । यसको पनि बिक्रि प्रबन्धक तर्फको नेतृत्व भने ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ ।

सर्वाेत्तमले निष्काशन अनुमति माग्र्द २०७९ असार २८ गते बोर्डमा निवेदन दिएको थियो भने रिलायन्सले असार ३१ गते निवेदन दिएको थियो । सर्वाेत्तम सिमेन्टको मुल लगानीकर्ता बिष्णु न्यौपाने हुन भने रिलायन्स स्पिनिङ मिल्सका मुख्य लगानीकर्ता उद्यमी पवन गोल्यान हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्