Shikhar Insurance
National Life

नेपाल लाइफको ‘सुनौलो भविष्य जीवन बीमा योजना’ सुरक्षा, बचत र पेन्सन एकै साथ

उमापति पोख्रेल, नेशनल सेल्स हेड
२०७९ चैत्र १३, सोमबार २१:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सुनौलो भविष्य जीवन बीमा योजना’ ल्याएको छ । सावधिक र पेन्सन गरि दुवै विशेषतामा सार्वजनिक गरिएको योजनाले थोरै लगानी गरेर उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्ने नागरिकहरुलाई लक्षित गर्दै बीमा योजना बजारमा ल्याइएको नेशनल सेल्स हेड उमापति पोख्रेल बताउँछन् ।

‘यो बिलकुलै नयाँ बीमा योजना हो, न्युन लगानीले उच्च बचत तथा प्रतिफलको अपेक्षा गर्नेहरु र बुढेशकालमा पेन्सन चाहनेहरुका लागि अहिलेसम्मकै उत्कृष्ट बीमा योजना ल्याएका छौं’, सेल्स हेड पोख्रेलले सिंहदरबारसँग भने । ‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात ।’ भन्ने नाराका साथ ल्याइएको यस योजनामा २ वटा विकल्पहरु छन् । सावधिक योजना र पेन्सन योजना भएको यो बीमा पोलिसी एकदमै आकर्षक र हाम्रो नेपाली माटो सुहाउँदो रहेको नेशनल सेल्स हेड उमापति पोख्रेल बताउँछन र यसले नेपाली बीमा क्षेत्रमा सकारात्मक उर्जा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताउछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पोखरेलका अनुसार दुबै विकल्प सावधिक तथा पेन्सन प्लानको न्युनतम बीमा अवधि ५ वर्ष र अधिकतम बीमा अवधि ३५ वर्षको हुनेछ । तर पेन्सन योजनाको न्युनतम जोखिम बहन अवधि १५ वर्ष (८०—६५) र अधिकतम जोखिम बहन अवधि ६२ वर्ष (८०—१८) हुनेछ । सावधिक बीमा योजना अन्तर्गतको पोलिसी खरिदकर्ताले बीमा अवधी समाप्त भएपछि बीमाङक रकम र सो अवधीसम्म जम्मा भएको बोनस एकमुष्ठ प्राप्त गर्नेछन् ।

उदाहरणका लागि ए भन्ने नागरिकले २० वर्षको उमेरमा २० वर्ष अवधीका लागि १० लाख रुपैयाँको यो पोलिसी खरिद गरेको छ भने उसले बीमा अवधी समाप्त भएपछि १० लाख बीमाङक, १३ लाख ६० हजार बोनस गरी एकमुष्ठ २३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । यो पोलिसीको २० वर्ष अवधिको लागि कम्पनीले अनुमानित बोनस दर प्रति हजार ६८ रुपैयाँ तोकेको छ ।

दुवै विकल्पमा बीमालेख चालु भएको अवस्थामा बिमितको मृत्यु भएमा निजका हकवालाले बीमांक रकम र त्यतिञ्जेलसम्मको बोनस रकम एकमुष्ठ प्राप्त गर्नेछन् । सावधिक बीमा योजनामा आकस्मिक दुर्घटना लाभ–एडीबीको सुबिधा पनि राइडरका रुपमा रहेको छ । राइडर समेत थपेका पोलिसी होल्डरको दुर्घटनामा मृत्यु भएमा निजका हकवालाले बीमांकको १० लाख, आकस्मिक मृत्यु लाभ वापतको १० लाख र सो अवधीसम्ममा जम्मा भएको बोनस रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।

दुर्घटनाको कारण मृत्यु नभई पूर्ण असक्त अपांग भएमा अर्काे राइडर पीटीडी र पीडब्ल्युबी समेत खरिद गर्ने बीमितले बाँकी अधवीको बीमांक छुट, दोश्रो वर्षदेखि १२० महिनासम्म समान किस्तामा प्रति वर्ष ८ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन् । यो अवस्थामा बीमितले कुल ३३ लाख ६० हजार रकम प्राप्त गर्नेछन् ।

दुबै विकल्प अन्र्तगत १८ देखि ६५ वर्षसम्मका व्यतिmले घातक रोग सुविधा लिन सक्नेछन् । क्रिटिकल इलनेश(घातक रोग)को राइडर थप्दा १८ वटा रोगहरुको उपचारका लागि बीमांक बराबरको रकम वा अधिकतम ५० लाखसम्मको उपचार खर्च प्राप्त हुन्छ । दुवै विकल्पमा बीमा प्रारम्भ भएको ३ वर्ष पुरा भएपछि आवश्यकता परेमा बिमितले बीमा लेख धितो राखी कर्जा प्राप्त गर्नुका साथ साथै उक्त बीमा लेख चलाउन नसकेमा समर्पण मूल्य पनि लिन सक्नेछन ।

यहि योजनाको पेन्सन प्लान खरिद गर्नेहरुले पनि अनेकौं सुबिधाहरु पाउनेछन् । पेन्सन प्लानको हकमा २० वर्षको उमेरमा २० वर्षका लागि १० लाख रुपैयाँको पेन्सन योजना खरिद गर्नेले आफ्नो उमेर ४० वर्षको पुग्दा बीमांक रकम १० लाख फिर्ता पाउँछन् । ४१ वर्षको उमेरदेखि आफ्नो उमेर ७९ वर्ष हुँदासम्म बीमांक रकम १० लाखको ५ प्रतिशतले हुने बार्षिक ५० हजार रुपैयाँ पेन्सन निरन्तर पाइरहनेछ ।

उनले आफ्नो उमेर ४१ वर्षबाट ७९ वर्ष पुग्दासम्म ३९ वर्षमा १९ लाख ५० हजार रुपैयाँ पेन्सन प्राप्त गर्छ । बीमितको उमेर ८० वर्ष पुगेपछि बीमा अवधीभर जम्मा भएको बोनस रकम १३ लाख ६० एकै पटक प्राप्त गर्नेछ । पेन्सन योजना सुरु भएपछि (४१ वर्षदेखि ७९ वर्षसम्म) बिमितको मृत्यु भएमा कुल बीमांकको ५० प्रतिशतले हुने ५ लाख रुपैयाँ र बीमा अवधीभर जम्मा भएको बोनस बिमितको हकवाला(इच्छाएको व्यक्ति)ले प्राप्त गर्नेछन् ।

यसरी हेर्दा बीमा अवधी सकिने बितिकै बिमांक रकम रू १० लाख, ३९ वर्ष निरन्तर पेन्सन वापत रू १९ लाख ५० हजार र ८० वर्षको उमेरमा बोनस वापत रू १३ लाख ६० हजार गरी बीमितले कुल रू ४३ लाख १० हजार प्राप्त गर्नेछन् । पेन्सन प्लानमा पनि सावधिकमा जस्तै राइडरहरु थपेर अतिरिक्त सुबिधाहरुको उपयोग गर्न सकिन्छ ।

नेपालकै सर्वाधिक विश्वासिलो नेपाल लाइफ इनस्योरेन्स कम्पनीले नयाँ नयाँ विशेषतासहितका बीमा पोलिसीहरु मार्फत नेपाली बीमा बजारको नेतृत्व गर्दै आईरहेको छ । कम्पनीले ४० हजार सक्रिय अभिकर्ता, १८४ शाखा सञ्जाल र ६६७ जना दक्ष कर्मचारी मार्फत नेपाली नागरिकहरुलाई बीमा सेवा दिँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्