Shikhar Insurance
National Life

विदेशबाट फर्किनेका लागि एमडिएमएस अनिवार्य नहुने

सिंहदरबार संवाददाता
२०७९ चैत्र १३, सोमबार १४:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले विदेशबाट फर्किने नेपालीका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अनिवार्य नगर्ने तयारी गरेको छ । प्राधिकरण वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई सो सिस्टममा सहजीकरण गर्न लागेको हो ।

वैदेशिक रोजगारमा गएका नेपाली कामदारले आफन्तका लागि ल्याउने मोबाइलमा सो सिस्टम लागू नगर्ने तयारी गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ´डिजिटल इकोनोमि: इमप्लिकेस अन पब्लिक सर्भिस´ नामक अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनालले सो बताएका हुन् ।

`यसका लागि नियमावलीको मस्यौदा तयार गरिसकेका छौं, वैदेशिक रोजगारीमा गएका नेपालीलाई यो प्रणाली सजिलो बनाउने वा लागू नै नहुने भन्ने कुरा हो,´ कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनालले भने, ´प्रधानमन्त्री ज्युको निर्देशनमा अहिले एमडिएमएस लागू नगरिएको हो, सो नियमावली आएपछि वैदेशिक रोजगारीका नेपाली बाहेकलाइ कढाइका साथ नियाम लागू हुन्छ ।´

सरकारले वैदेशिक रोजगारीबाट  फर्किनेले ल्याउने टेलिभिजनमा छुट, आइपिओमा कोटा जस्ता सहुलियत दिएको हुदा सो सुचीमा मोबाइल पनि थप्ने लगिएको उनको भनाइ हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्