Shikhar Insurance
National Life

अब पैसा तिरेको एक हप्तामै डिजिटल लाइसेन्स चालकको हातमा

सिंहदरबार संवाददाता
२०७९ चैत्र १३, सोमबार १३:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । यातायात व्यवस्थापन विभागले एक सातामै डिजिटल लाइसेन्स वितरण गर्ने सिस्टम लागू गर्ने भएको छ । विभागले ट्रायल पास भएर राजस्व भुक्तानी गरेको १ हप्तामै  विभागले चालकलाई लाइसेन्स दिने तयारी गरेको हो ।

जसका लागी विभागले नयाँ प्रिन्टर खरिद गर्ने प्रक्रिया अघि बढाइ सकेको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ´डिजिटल इकोनोमि: इमप्लिकेस अन पब्लिक सर्भिस´ नामक अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् ।
´एक हप्ता अघि  पिन्टर मेसिन खरिद गर्न अन्तरास्ट्रिय कम्पनीहरुका लागि टेन्डर आह्वान गरेका छौं, यो मेसिनको  डिजिटल लाइसेन्स प्रिन्टकाे क्षमता धेरै हुन्छ र मासमा लाइसेन्स प्रिन्ट गर्नु सक्छ,` कार्यक्रममा विभागका महानिर्देशक भट्टराईले भने, ´ यो मेसिन सन्चालनमा आएपछि ट्रायल पास भएर राजस्व तिरेको १ हप्ता मै चालकलाई लाइसेन्स दिन सक्छौ ।´
प्रिन्टर खरिद गरि संचालनमा ल्याउन विभागलाई ५/६ महिना समय लाग्ने उनको भनाइ छ ।
यस्तै, चालू आर्थिक वर्ष भित्रै सवारी सधान सम्बन्धि सम्पुर्ण सरकारी सेवा शुल्क भुक्तानीमा विभागले अनलाइन पेमेन्ट सिस्टम लागू गरिसकने उनले बताए । सार्वजनिक यातायातको भाडा समेत अनलाइन मर्मत भुक्तानी गर्न सकिने सिस्टम लागु गर्न विभागले भुक्तानी प्रदायाक सस्था र बैंकहरुसंग छलफल अघि बढाइ सकेको उनले जानकारी दिए । सवारी साधनमा जिपिएस जडान केही समयमै लागू गरिने र लाइसेन्सको लागि बायोमेट्रिक समेत अनलाइन मार्फतनै हुने व्यवस्था मिलाइने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्