Shikhar Insurance
National Life

सांसदको प्रश्नः सेयर बजारका लगानीकर्ताले १४ खर्ब गुमाए, सरकारको ध्यान खिच्न कति गुमाउनुपर्छ ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र १२, आईतवार १९:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारको निरन्तर गिरावटको विषयले संसदमा प्रवेश पाएको छ । कुनै बेलाका चर्चित लगानीकर्ता तथा हालका सांसद हरि ढकालले संसदमा सेयर बजारको निरन्तर गिरावट सम्बन्धी बिषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबारको संसद बैठकको शुन्य समयमा बोल्दै उनले सरकारले सेयर बजारका लगानीकर्ताले कति रकम गुमाएपछि ध्यान दिने हो भनि प्रश्न गरेका हुन् ।

‘शुन्य समयमा हामीले उठान गरेका विषयहरु शुन्यतामै बिलिन नहोस् । लगातार १९ महिनादेखि ओरालो लागेको सेयर बजारबाट लगानीकर्ताले १४ खर्ब लगानी गुमाईसकेका छन् । अब कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो ? ध्यान पुर्याउने हो ? लगानीकर्ताले अब कति रकम ? कति लगानी गुमाउनुपर्ने हो ?’, सांसद ढकालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्