Shikhar Insurance
National Life

१०.७५ प्रतिशत प्रतिफल दिने ऋणपत्र निष्काशन गर्दै एनएमबि बैंक

सिंहदरबार संवाददाता
२०७९ चैत्र १२, आईतवार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चैत २१ गतेदेखि  ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत -२०८९/९०’ जारी गर्न लागेको हो ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रूपैयाँ बराबरको ४० लाख कित्ताले हुने ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । १० वर्ष अवधिको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । यस ऋणपत्रका लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट र १६ लाख कित्ता सर्वसाधारणलाई नेपालीहरुमा सार्वजनिक निष्काशनबाट बिक्री गरेको छ । जसबाट ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएकोमा ४५ हजार कित्ता बाँडफाँट गरिएको छ ।

यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्