Shikhar Insurance
National Life

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ चैत २६ गतेदेखि निष्काशन

सिंहदरबार संवाददाता
२०७९ चैत्र १२, आईतवार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँका दरले १२ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो।

जसमध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ। भने बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त फण्ड निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि २०८० बैशाख १० गतेसम्म लम्बिनेछ।

सो फण्डका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ६ करोड इकाई बिक्री हुनु पर्नेछ।

सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। यो एक बन्दमुखी योजना हो। यसको अवधि १० वर्षको रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्