Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई मनकामना केबुलकार सेवामा विशेष छुट

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार १४:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले मनकामना केबुलकार कम्पनीसँग सम्झौता गरेको छ ।

बैंकले कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामना मार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता पश्चात बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्